गो ब्याक इण्डिया’को नारासहित काठमाडौँमा नेविसंघको प्रदर्शन



काठमाडौँ – लिपुलेकसहितको नेपाली भूभाग भारतले हडप्न खोजेर आफ्नो नक्सामा राखेको भन्दै शुक्रबार पनि काठमाडौँमा प्रदर्शन भइरहेको छ ।

नेपाल विद्यार्थी संघको अगुवाईमा काठमाडौँमा बिहानै विरोध प्रदर्शन भएको हो ।

उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद्, सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, गो ब्याक इण्डिया जस्ता नारा लगाएका छन् ।