नेपाल-भारत सीमा विवादका विषयमा तत्काल ठोस कदम चाल्न सरकारसँग काँग्रेसको माग



काठमाडौँ । नेपाल भारत सीमा विवादका विषयमा तत्काल ठोस कदम चाल्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

सरकारले अहिलेसम्म पनि औपचारिकताका लागि एउटा विज्ञप्ती निकाल्नु बाहेक अन्य ठोस, प्रभावकारी र दवावमुलक कदम चाल्न नसकेको काँग्रेसको ठह छ । प्रबक्ता बिश्वप्रकाश शर्माले सरकारको तर्फबाट सिमाना हडपिएको जस्तो सम्वेदनशील विषयमा पनि चित्त बुझ्दो स्पष्ट कदम नचालिनु र राष्ट्रिय स्तरमा छलफल नचलाउनुले सरकार डराइरहेको भान भएको बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहषमा पत्रकार ऋषि धमला कुरागर्दै प्रबक्ता शर्माले भारतले जारी गरेको नयाँ नक्साले नेपालको अस्तित्वमाथि प्रश्नचिन्ह उठाएकाले संसदभित्र र बाहिर रहेका सवै दलहरुको संयुक्त बैठक बोलाउन प्रधानमन्त्रीसँग माग गर्नुभयो ।

राष्ट्र, राष्ट्रियता, सीमा सुरक्षा र राष्ट्रिय महत्वका विषयमा पार्टीगत नभइ सामुहिक एजेण्डा बन्नुपर्ने शर्माको भनाइ छ । प्रबक्ता शर्माले भन्नुभयो, “अहिले नेकपा नेतृत्वमा सरकार छ, प्रधानमन्त्रीले यसको नेतृत्व गर्नुपर्छ, यसअघिको प्रबुद्ध समुहको प्रतिबेदनलाई पुनः उठाउने कुरामा समेत प्रतिपक्षले साथ दिनेछ ।”

राष्ट्रिय महत्वका विषयमा कुनैपनि सरकारले साझा धारणा बनाएर अगाडी जान नसक्नु र सरकार परिवर्तन भएपछि राष्ट्रिय महत्वका मुद्धा, देशको परराष्ट्रनीति, सीमा सुरक्षा लगायतमा फरक फरक धारणा र झुकाव आउनु नै सवैभन्दा ठूलो कमजोरी भएको उहाँले बताउनुभयो । उहाँले सर्वदलीय बैठकबाट आएको एक मतलाई राष्ट्रिय धारण बनाउने र संयुक्त रुपमा आवश्यक परे बक्तब्य समेत जारी गर्नुपर्ने बताउनुभयो । “दिल्लीबाट जारी भएको नक्साका विषयमा सरकार प्रस्ट हुनुपर्छ, दरो भएर उभिएर साझा धारणा बनाउनु पर्छ, यसमा पक्ष र प्रतिपक्ष हुनुहुदैन,” शर्माले भन्नुभयो ।

शर्माले सुस्तादेखि कालापानी र लिम्पियाधुरादेखि लिपुलेख सम्मको मात्र नभएर दुवै छिमेकी मुलु चीन र भारतसंग नेपालको जोडिएको सीमालाई सुरक्षित राख्न आवस्यक भइसकेको भन्दै भारत र नेपालको प्रबुद्ध व्यक्तिहरुको समुहलाई दुई देशले स्विकार गरेको विषय भएकाले त्यो प्रतिवेदनलाई भारतले किन स्विकार गर्न मानिरहेको छैन भन्ने कुरामा पनि सरकार प्रस्ट हुनुपर्ने बताउनुभयो ।

कांग्रेस प्रबक्ता शर्माले भारतीय नक्साका विषयमा नेपाली कांग्रेस प्रस्ट रहेको बताउनुभयो । भारत र चीनका विचमा नेपालको लिपुलेकको सन्र्दभमा नेपालीलाई जानकारी नदिई छलफल गर्नु गलत भएको दावी पनि गर्नुभयो । नेपालको संमृद्धीको अभियानमा जाँदै गर्दा देशका कुरालाई साझा एजेण्डा बनाउन आवस्यक नदेख्नु सरकारको कम्जारी भएको उहाँको भनाइ छ ।

विगतका सरकारका समयमा भएका कमिकम्जारीहरुलाई आत्मसाथ गर्दै दुवै देशसंग घनिष्ठ सम्बन्ध बनाउनका लागी पहल गर्न सरकारले ढिलाई गरिरहेको भन्दै प्रबक्ता शर्माले राष्ट्रिय महत्वका मुद्धामा अब कांग्रेस र कम्युनिष्टको फकर छिमेकी, फरक आस्था, फरक नीति फरक धारणा बनाउनु नहुने तर्क गर्नुभयो ।