‘गोल मेसिन’ लेवान्डोस्कीको सहयोगमा बार्यन म्युनिख नकआउट चरणमा



रोबर्ट लेवान्डोस्कीले लगातार गोल गर्ने क्रम जारी राखेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह बी को खेलमा बार्यन म्युनिखले ओलम्पिकासलाई २–० ले पराजित गरेको छ । यो खेलमा लेवान्डोस्कीले एक गोल गरे ।

पहिलो हाफमा गोलरहित भएको खेलमा ६९ औँ मिनेटमा लेवान्डोस्कीले गोल गरेका हुन् । यस्तै ८९ औँ मिनेटमा इभान पेरिसिकले गोल गरेपछि बार्यन लेवान्डोस्कीले २–० ले विजयी भएको हो । लेवान्डोस्कीले बार्यनका लागि बुण्डेस लिगा र च्याम्पियन्स लिग गरी अहिलेसम्म भएका सबै १४ खेलमा गोल गरेका छन् । उनले दुई प्रतिस्पर्धामा गरेर २० गोल गरिसकेका छन् ।

लेवान्डोस्कीले लगातार गोलको क्रम जारी रोखेका छन् भने बार्यनले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउने पक्का भएको छ।