आइएसआईका पूर्व प्रमुख बगदादीकी श्रीमती पक्राउ



टर्कीको सुरक्षा बलले इस्लामिक स्टेटका पूर्व प्रमुख अबू बकर अल बगदादीकी श्रीमतीलाई पक्राउ गरिएको टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले बताएका छन् ।

यसअघि मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि हिरासतमा लिएको जानकारी दिएको छ । बगदादीले गत महिना अमेरिकाको विशेष दलको एक अभियानमा आत्मघाती बिस्फोटमार्फत् आफूलाई उडाएका थिए ।

अमेरिकी बलले यो अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा चलाएको थियो । बगदादीको मृत्यु, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जीतको रुपमा पेश गरिएको छ तर उनका आलोचकका अनुसार सिरिया र अन्य देशमा इस्लामिक स्टेटको खतरा यथावत छ ।

इस्लामिक स्टेटले बगदादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेताको नाम घोषणा गरेको छ ।