कार्तिक २१ देखि मंसिर ४ गतेसम्म सप्तरङ्ग सिरीज-२ प्रस्तुत गरिने



काठमाडौं-देशको सातै प्रदेशमा कार्तिक २१ देखि मंसिर ४ गतेसम्म सप्तरङ्ग सिरीज-२ प्रस्तुत गरिने भएको छ।

टिभीएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रा.लि.को सक्रियतामा देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज-२ प्रस्तुत गरिने छ।

सप्तरङ्गको पहिलो शृँखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा विभिन्‍न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएको आयोजकले जनाएको छ।

यस साँगीतिक कार्यक्रमको मुख्य आकर्षक महानायक राजेश हमाल रहने छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल लगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिनेछन्।

नेपाललाई भ्रमण वर्ष २०२० का रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवर्द्धन र समुन्‍नुतिका लागि भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पुर्‍याउने अपेक्षा पनि आयोजकले गरेको छ।

देशको सातै प्रदेशमा प्रदर्शन गरिने यो कार्यक्रमले नेपाली नेपाली बीच आपसी भाइचाराको सम्बन्ध सुदृढ बनाउन र भ्रमण वर्षको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षासहित दर्शकहरुलाई कार्यक्रमबाट भरपूर मनोरन्जन लिन हुन आयोजकले आग्रह गरेको छ। उक्त कार्यक्रम फरक फरक दिनमा सातवटै प्रदेशमा दिउँसो ३ बजेपछि प्रदर्शन गरिनेछ।