‘सरौतो’का टंक: सञ्चारकर्मी, चार्टर्ड एकाउन्टेन हुदैँ चलचित्रसम्म



टंक धमला चार्टर्ड एकाउन्टेन हुन् । सुदुरपश्चि प्रदेशको कैलालीमा जन्मिएका टंक यतिबेला लण्डनमा छन् । त्यहाँ चार्टर्ड एकाउन्टेन । लण्डनमा टंक लियो ट्यांक नामले चिनिन्छन। एनको परिचय एउटा चार्टर्ड एकाउन्टेनमा मात्रै सिमित भने छैन् ।

उनि आम मानिस र एउटा कर्मचारि भन्दा पनि जनतासंग प्रत्यक्ष जोडिएका ‘पब्लीक फिगर पनि’ पनि हुन् । हामी लियो ट्यांक भन्दा पनिन टंकको बारेमा केहि लेख्दैछौ । उनि एक सञ्चारकर्मी पनि हुन् । त्यसमा पनि रेडियोकर्मी । रेडियोप्रति अथाह लगाव ।

कैलालीबाट काठमाडौँसम्म रेडियोक्षेत्रमा कार्य गर्दै गए । हुन त मान्छेका धेरै रुचि र चाहाना हुन सक्छन् । तर उसले आफ्नो कुन कर्ममा बढि आत्मबिश्वास राख्छ भन्ने मुख्य कुराले सफलता पक्कै दिन्छ ।  टंक चार्टर्ड एकाउन्टेन हुनु भन्दा पहिले रेडियोकर्मी हुन् ।

अझै त्यत्तिमा उनको परिचय सिमित छैन् । अहिले त उनि ‘हिरो’ पनि भैसके । मतलव एक अभिनयकर्ता अझ भनौ नायक । उननले चलचित्रक्षेत्रमै प्रवेश गरे । टंक बिगत सम्झिदै भन्छन् “कैलालीबाट काठमाडौँ आएदेखि रेडियोमा काम गरे, त्यो बेलादेखि नै मलाई फिल्म प्रति निकै मोह थियो ।” त्यसपछि टंक लण्डन हानिए । त्याँहा उनि फिल्म पढ्न भनेर गएका थिए ।

एक बर्ष फिल्म पनि पढे । तर फिल्म पढेर केहि पार लाग्नने जस्तो उनलाई लागेन । त्यसपछि सुरु भयो उनको सीए पढ्ने मनसाय । उनिन पढे । नेपाली फिल्म धेरै हेर्ने लियो भन्छन ‘सानै देखि फिल्म हेरेर आए पछि साथीलाई स्टोरी सुनाउदा फिल्मी शैलीमै स्टोरी सुनाउछस भन्थे, त्यसैले फिल्मको स्टोरी चाइ म बाट नै सुन्थे ।’ उनि सम्झन्छन् ।

‘सायद सानै देखि फिल्म प्रति मोह भएर होला, आमालाई डान्स सिक्न जान्छु, कराते सिक्न जान्छु भनेर खुब भने तर, आमाले मलाइ जान दिनु हुन्थेन, किनकि म धेरै बिरामी हुन्थे । त्यसकार आमाको मनमा डर ।

नेपाली फिल्मलाइ विश्व बजार सम्म पुर्याउने सोच उनको छ । त्यसैले अब यो क्षेत्रमा पनिन क्रियासिल भएर लाग्ने उनको भनाई छ नेपालमै बसेर केहि गर्न मन भएका टंकलाई नेपाली फिल्ममा काम गरेर पैसा कमाउन निकै गाह्रो छ भन्ने भान पनि हुन्छ ।

लण्डन बसेर नेपाली फिल्ममा काम गर्नु त्यति सहज नभए पनि समय व्यवस्थापन गरेर काम गर्ने उनको चाहाना छ । त्यसरि पनि नभए नेपालमै बस्छु भन्ने मनसाय उनले बनाएका छन् । तर, लण्डन मै बसेर पनि खासै गाह्रो नहुने पनि उनि बताउछन ।

हिट र फ्लपको कुरा गर्दा उनि भन्छन ‘मिडियामा काम गर्नु नै आफ्नो लक्ष्य भएकाले गर्दा आफु फ्लप् हुन्छु कि भन्ने तिर सोच नजादो रहेछ । फ्लप भए पनि आफुले चाहेको काम त गर्न पाइन्छ नि । आफुलाई मन परेको काम गर्दा कसले के भन्छ कि, पैसा कमाइदैन कि, फ्लप भइन्छ कि भन्ने कुराले खासै फरक नपार्ने भन्ने कुराको हिम्मत उनिमा छ । ‘अहिले चार्टर्ड एकाउन्टेन भएको छु ।

लण्डनमा आरामको जिन्दगि जिएको छु । तर, माया त नेपालकै लाग्छ । अझ भनौ नेपाली फिल्मको माया लाग्छ ।’‘यहि बसेर आफुलाई पुग्ने पैसा कमाउन सक्ने हो भने लण्डन छाड्थे । तर अहिले त्यो सम्भावना छैन।’

लियोले फिल्म ‘सरौतो’बाट नेपाली चलचित्रक्षेत्रमा डेब्यु गरेका छन् । ‘सरौतो’को टिजरमा उनले क्यारेक्टर स्मरणयोग्य छ । ‘सरौतो’मा डेब्यु गर्न पाउदा उनि खुसि छन् । उनि अभिनीत चलचित्र सरौतो केहि समयपछि प्रर्दशनमा आउदैछ ।