डडेल्धुरामा डा. केसीको १७ औँ अनशन सुरु



चिकित्सा अभियान्त डा. गोविन्द केसीले १७ औँ अनशन सुरु गर्नुभएको छ ।
सुदूरपश्चिमको डडेल्धुरामा आज साँझ पाँच बजेदेखि डा. केशीले १७ औँ अनशन सुरु गर्नुभएको उहाँका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल डडेल्धुराको छेउमा रहेको एक निजी भवनको तेस्रो तलामा डा. केसी अनशन बस्नुभएको सुवेदीले बताउनुभयो । आफूसँग भएका विगतका सम्झौता पालना हुनुपर्ने लगायतका माग राखेर केसीले १७ औँ अनशन थाल्नुभएको हो ।