सरकारले डा. कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने



सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने भएको छ ।

आजको मन्त्रिपरिषदको बैठकले मुटु रोग विशेषज्ञ डाक्टर कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक हुनुहुन्थ्यो ।