लप्पन छप्पन २ बाट दयाहाङ बाहिरिएसँगै शिवका छोरा शक्तीको इन्ट्री



मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ बाट अभिनेता दयाहाङ राई बाहिरिएका छन् ।

आगामी शिवरात्रीलाई रिलिज मिति तोकिएको चलचित्र बाट दयाहाङ बाहिरिएसँगै अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ अनुबन्धित भएका छन् ।

शक्ति यसै चलचित्रबाट नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गर्दै छन् । चलचित्रको निर्माण कार्य अन्तिममा पुग्दा दयाहाङले किन हात झिके त्यो बारे निर्माण पक्षले केही खुलाएको छैन । नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको भनिएको चलचित्रमा दयाहाङको भूमिकामा शक्तिलाई कसरी स्थापित गरिनेछ त्यो भने केही समयमा थाहा पाइनेछ । चलचित्रको अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् ।