‘माछा माछा’ रिलिज डेट पोस्टपोन्ड: अब मङ्सिर २० मा आउने



पछिल्लो समय नेपाली चलचित्र इन्डस्ट्रीमा एक किसिमको अन्योल सृजना भइरहेको छ । यसको कारण हो चलचित्रको प्रदर्शन मिति निकै तल माथि हुनु। ठुला ब्यानरका चलचित्रको चेपुवामा पर्ने डर र अझ बलिउड चलचित्रले पाखा लगाउने त्रासले चलचित्र मेकर्सलाई निकै अप्ठ्यारो स्थितिमा ल्याइरहेको छ । प्रदर्शनको सँघारमा चलचित्रको रिलिज मिति परिवर्तन गर्नु पर्ने स्थितिले सम्पूर्ण फिल्म इन्डस्ट्रीमा हलचल मच्चिनु सामान्य नै भयो ।

हिजो मात्रै कार्तिक २९ लाई रिलिज मिति तोकिएको चलचित्र ‘सरौतो’ दुई साता पछि हट्यो । यो मात्र नभएर निश्चल बस्नेत अभिनीत ‘घामड शेरे’ ले प्रदर्शन हुने दुई दिन अघि रिलिज मिति सार्नु पर्‍यो । योसँगै २९ कार्तिकमा रिलिज हुने भनिएको चलचित्र ‘माछा माछा’ को पनि प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । सौगात मल्ल स्टारर यस चलचित्र मङ्सिर २० मा रिलिज हुने भएको छ ।