महराको बयान: ‘म उनको अभिभावक हुँ, तिनकुने सम्झाउन गए, तर सम्पर्क नभएपछि फर्किएँ’

जवरजस्ती करणीको आरोप अस्विकार


तत्कालिन सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।  महरालाई संसद सचिवालयमा कार्यरत कर्मचारि माथी जवरजस्ति करणीको आरोप छ ।

सरकारी वकिलसँगको वयानमा उनले ‘आफू पीडित भनिएकी महिलाको कोठामा प्रवेश नगरी फर्किएको बताएका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेको छ ।

बयानमा महराले २०४७ सालदेखि झण्डै चार वर्ष रोल्पास्थित आफ्नो घर, नयाँ बानेश्वर २०७६ र ०७७ मा बसेकी हुँदा पीडित महिलालाई चिनेको बताएका छन् । महराले उनी मेरो विद्यार्थीजस्त भएको र उनीले आफलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्ने गरेकाले आफु उनको अभिभावक नैभएको दावी गरेका छन् ।

बयानमा महराले ३ वर्षअघि ति महिलाले आफुलाई भेट गरी अस्वस्थ भएका कारण संसद सचिवालयमा काजमा ल्याइदिनुप¥यो भनेर आग्रह गरेको पनि बताएका छन् । महराले कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन, सरकारले खटाएको ठाँउमा जार र पछि काजमा मिलाउने कोशिस गर्ने आश्वासन दिएको भएपनि ति महिला रिस आवेग र आक्रोशमा अफिसबाट फर्केकी बताएका छन् ।

पिडित भनिएकी महिलालाई टेलिफोन गर्दा सम्पर्क हुन नसकेकाले फेरि सम्झाउने उद्देश्यले तीनजना सुरक्षाकर्मीसहित बेलुका ७ बजे उनको कोठानजिकै पुगी गाडीबाट बाहिर निस्केर पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि कोठामा जान उचित नठानी अञ्दाजी २०/२५ मिनेटपछि सोही गाडीमा सुरक्षाकर्मीसहित फर्की निवासमा आएको बताएका छन् ।