नेकपा ओखलढुंगा सचिवालय सदस्यले ‘कुटे आफ्नै पार्टीका वडाअध्यक्ष’, गिलास प्रहारबाट आखामा चोट



ओखलढुंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य अशोक थापाले आफ्नै पार्टीका वडाअध्यक्षमाथि कुटपिट गरेका छन् । शनिबार बेलुका पार्टीको आन्तरिक विवादकाकारण थापाले चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र वस्नेतलाई गिलास प्रहार गरेका हुन् ।

गिलास प्रहारबाट बस्नेतको आखामाथी चोट लागेको छ । पार्टीको कार्यक्रम सकेर वडा नं। २ स्थित पोखरेमा खाजा खाने क्रममा विवाद हुँदा थापाले आफूमाथि गिलास प्रहार गरेको घाईते वस्नेतले बताए ।

उनको खानीभञ्ज्याङ्स्थित स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । बस्नेत नेकपाका चिसंखुगढी गाउँपालिका कमिटीका अध्यक्ष समेत हुन् । पार्टीको आन्तरिक असहमतिका विषयलाई लिएर अघि देखि नै थापासहितका नेता र नेकपाको कमिटीबीच विवाद हुँदैै आएको थियो ।