प्रचण्डको धमिलो राजनीति



कुनै बेला उनी रहस्यमय व्यक्ति दिए । उनको भूमिगत पार्टीले प्रचारमा ल्याएको तस्बिर न आकर्षक थियो न डरलाग्दो । तस्बिरलाई घेरेर बसेका हतियारधारीले त्यो तस्बिरलाई डरलाग्दो बनाएका थिए । तस्बिरको नाम थियो–प्रचण्ड ।

प्रचण्डको धमिलो राजनीति शीर्षकमा आजको कान्तिपुर दैनिकमा किशोर नेपालको बिचार छापिएको छ।  उनले लेखेका छन्–राजनीतिको कुनैपनि मापदण्डबाट हेर्दा प्रचण्ड अहिले जुन राजनीतिक स्थानमा छन्, त्यो उनको स्थान होइन ।

जनयुद्धका कमाण्डरको हैसियतमा बसेको प्रचण्डजस्ता नेता बैलगाडा चढेर अमेरिका पुगिन्न भन्ने केपी ओलीको कमाण्डरीसीपमा नेकपाको कमजोर हाँगोमा अडिनु भनेको बडो दयनीय अवस्था हो । यतिखेर आएर प्रचण्डले पार्टी एकता नगरेको भएपनि हुन्थ्यो कि ! भन्नु आफूलाई अकिञ्चन देखाउने प्रयासमात्रै हो । राजनीतिमा यसप्रकारको असंगति बाञ्छनीय छैन ।